Incident Reports

बलत्कारको अभियोगमा बाबु छोरा जेलमा

2016-06-15

Karnali, Jajarkot, Bheri

जाजरकोटमा बलात्कारको दुई फरक घटनामा बाबु र छोरा जेल परेका छन् । बाबभेरीमालिका नगरपालिका ६ पुन्माका ४२ वर्षिय वीरबहादुर कामी र उनकै छोरा २४ वर्षिय पदम कामी जबर्जस्ती करणी अभियोगमा जेल परेका हुन् । साढे दुई वर्ष पहिले जाजरकोट झाप्रा की एक किशोरीलाई बलात्कार गरेको आरोपमा छोरा पदमलाई जिल्ला अदालतले ५ वर्षको कैद सजाय गरेको थियो । छोरा जिल्ला कारागारमा जेल सजाय भोगिरहेको बेला बाबु वीरबहादुरले बुहारीलाई बलात्कार गरेको भन्दै मुद्दा दर्ता भएको छ । पीडितको जाहेरीका आधारमा वीरबहादुर हालै पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुरुमा बुहारीसँग सहमतिमा यौन सम्पर्क गर्ने गरेको तर केटाकेटीले देखेपछि बुहारीले जाहेरी दिएको प्रहरी सँगको बयानमा वीरबहादुरले बताएका छन् । बाबुछोरालाई एउटै कारागारमा राख्दा जोखिम बढ्ने भन्दै छोरा पदमलाई जिल्ला कारागार सल्यान सरुवा गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments