Incident Reports

१३ वर्षीया बालिकाको बिहे ३३ वर्षीयसँग

2016-06-16

जिल्लाको छिनामखु गाविस-८ निवासी १३ वर्षीया बालिकालाई फकाएर बिहे गरेको अभियोगमा दलगाउँ गाविस-4 का ३३ वर्षीय डिकबहादुर भुलेज पक्राउ परेका हुन् । जेठ २८ गते १३ वर्षीया ती बालिकालाई फकाएर बिहे गरी लगेको उजुरी स्थानीयबसीले दिएपछि बालिकासहित डिकबहादुर पक्राउ परेका हुन् । बालिकालाई जबरजस्ती बिहे गराइदिन मतियार भएको अभियोगमा प्रहरीले छिनामखु गाविस-८ बस्ने २३ वर्षीया सम्झना भुजेललाई पनि पक्राउ गरेको छ । उनीहरु दुबैविरुद्ध बाल विवाह मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरू गरिएको जिप्रका भोजपुरले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले उनका बाबुआमाको जिम्मा लगाएर घर पठाएको छ ।

0 Comments