Incident Reports

यार्सा संकलन गर्ने क्षेत्रमा गोली चल्यो, एकको मृत्यु

2016-06-16

Karnali, Mugu, Mugum Karmarong

सिमा मुगु गाविसको यार्सा टिप्ने पाटन क्षेत्रमा अन्धाधुन्दा गोली चल्दा घटनास्थलमै एक जनाको मृत्यु भएको छ । बुधबार राति ठूलो कोइकी भन्दा उत्तर तर्फको पाटन क्षेत्रमा हतियार सहित अवैध रुपमा यार्सा लुट्न आएका व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा माग्री गाविस-५ का अन्दाजी ३० वर्षीय कार्मा अंग्याल लामाको मृत्यु भएको हो । यार्सा क्षेत्रमा गोली चलेर एक जनाको मृत्यु भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट यार्सा क्षेत्रमा सुरक्षाको निम्ति खटिएको सशस्त्र प्रहरी घटनास्थलमा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी गराए । ठूलो कोइकीमा यार्सा संकलकको सुरक्षाको निम्ति सशस्त्रले बेस क्याप खडा गरेको भएपनि यार्सा लुट्ने व्यक्तिले उच्च पाटन क्षेत्रबाटै प्रवेश गरि गोली चलाएको पाइएको प्रजिअ शर्माले बताए । सञ्चारको कठिनाइले गर्दा थप विवरण प्राप्त नभएको शर्माको भनाइ छ । पाटन क्षेत्रमा यार्सा संकलकको सुरक्षाको निम्ति ४६ जना सशस्त्र सहित जिल्लाबाट १ सय २६ जना सुरक्षाकर्मी खटाइएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports