Incident Reports

यौनशोषणको आरोपमा साउदी पर्यटक पक्राउ

2016-06-16

Bagmati, Kathmandu, Kathmandu

सडक बालकसँग अप्राकृतिक यौनसम्बन्ध राखेको आरोपमा साउदी पर्यटक पक्राउ परेका छन् । साउदी अरेबियाका ६३ वर्षीय साहिद मोहम्मदलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो । मोहम्मदले एक १४ वर्षीय सडक बालकलाई आफू बसेको होटेलमा लगी अप्राकृतिक यौन गतिविधि गरेको प्रहरीले जनाएको छ । उनलाई बालयौन दुराचार मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रवीन्द्र रेग्मीले बताए । खाना खुवाउने बहानामा यौनशोषण पर्यटक भिसामा तीन महिनादेखि नेपाल बस्दै आएका मोहम्मदले गत २० जेठमा एक सडक बालकलाई खाना खुवाउने बहानामा आफू बसेको ठमेलस्थित नियल होटेलमा लगेका थिए । होटेलमा उनले ओरल सेक्सलगायतको गतिविधि गरेको पीडित बालकले जनाएका छन् । अभियुक्त मोहम्मद अवकाशप्राप्त सैनिक अधिकारी हुन् । साथीनामक संस्थाको सडकमा पीडित बालकका साथीले प्रहरीमा उजुरी गरेका हुन् । घटनाको पाँच दिनपछि ठमेलकै अर्काे होटेलबाट साउदी पर्यटकलाई प्रहरीले पक्राउ गरेको हो । -
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Youth Raped 1
National/Online Media

0 Comments