Incident Reports

नयाँबानेश्वरमा युवकलाई बन्धक बनाई राख्ने २ पक्राउ

2016-06-15

Bagmati, Kathmandu, Kathmandu

एक युवकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। सप्तरी राजविराज नगरपालिका–१ बस्ने २३ वर्षीय नविनकुमार चौधरीलाई बन्धक बनाई राख्ने सिराहा नगरपालिका–७ बस्ने २३ वर्षीय संतोषकुमार यादव र सिराहा अर्नाहा–३ ब्रमपुगी बस्ने २० वर्षीय निरज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले बुधबार चौधरीलाई काठमाडौं महानगरपालिका–३४ आलोकनगर नयाँवानेश्वरबाट बन्धक वनाई गौशाला एरियामा राखेको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले नयाँवानेश्वर कार्यश्वरमार्गस्थित उनीहरुको कोठाबाट पीडितलाई सकुशल उद्धार गर्नुका साथै उनीहरुलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports