Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-06-19

Madhes, Saptari, Tilathi Koiladi

Manohar Kumar Pokhrel एक ३२ वर्षीया महिलालाई बलात्कार गरी बेचविखनका लागि भारत पुर्‍याएको आरोपमा राजविराज नपा-४ स्थित सप्तरी सेवा आश्रममा बस्ने ५० वर्षीय यशवन्त सिंहलाई सप्तरी प्रहरीले ०७३ असार ४ गते गिरफ्तार गरेको छ । लुकिछिपी बसिरहेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले आश्रमस्थित निजको घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले जानकारी दिए । दुई नाबालक छोरा र श्रीमानसहित आरोपित सिंहको घरमा डेरा गरी बसेकी पीडित र उनका पतीबीचको मनमुटाव र आपसी विवादको फाइदा उठाएर आरोपितले बलात्कार गरी भारत पुर्‍याई बेचविखन गर्न खोजेको आरोपमा पीडितले उजुरी दिएकी थिइन् । आरोपित सिंहको घरमा आइरहने फकिरा घर भई राजविराज नपा-८ बस्ने ४८ वर्षीय श्रीराम यादवले ०७१ फागुन ७ गते विहान सिरहाको माडरबाट जयनगर हुँदै भारतको दरभङ्गा पुर्‍याई सिंहको जिम्मा लगाएको पीडितको आरोप छ । पीडितलाई भारतको पटना पुर्‍याएका सिंहले १० दिनसम्म ललाई फकाई राखेको र ०७१ फागुन १८ गते राति बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् । आरोपितले वेश्यालयमा बिक्री गर्न खोजेको चाल पाएपछि ०७१ फागुन २२ गते राति सुतेको मौका पारी भागेर ०७१ फागुन २४ गते नेपाल आइपुगेको पीडितले बताइन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ०७१ फागुन २५ र २६ गते दिएको उजुरी दर्ता नभएपछि पीडितले ०७१ फागुन २८ गते परमादेशका लागि पुनरावेदन अदालत राजविराजमा निवेदन दिएकी थिइन् । पुनरावेदन अदालतले अविलम्व अनुन्धान, छानबिन गर्नु/गराउनु भनी ०७२ जेठ ३१ गते गरेको परमादेशको नौ महिनापछि जिल्ला प्रहरी कार्यालयले ०७२ फागुन २१ गते सिंह र यादवविरुद्ध मानवबेचविखन ओसारपसार तथा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments