Incident Reports

गर्भवती बुहारी बचाउँदा सासुको ज्यान गयो

2016-06-19

Madhes, Saptari, Chhinnamasta

सिँचाइ मन्त्री उमेश यादवको गाउँ सप्तरीको लालापट्टीमा आइतबार राति एक महिलाको सिलौटा प्रहारबाट हत्या भएको छ । सामान्य विवादमा लालापट्टी–७ निवासी ६२ वर्षीया साबित्रीदेवी खंगको छातीमा सिलौटा र डाढुले हान्दा उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताए । चार महिनाकी गर्भवती बुहारी २३ वर्षीया जानकीदेवी खंगलाई कुटपिटबाट जोगाउन गएकी साबित्रीको छिमेकी ५५ वर्षीय धनिकलाल खंग खत्वे, उनकी श्रीमती ५२ वर्षीया कमलीदेवी खंग र छोरा २७ वर्षीय पञ्चदेव खंगले कुटपिट गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताए । राजविराजस्थित अञ्चल अस्पतालमा घाइते बुहारीको उपचार भएको छ भने मृतक सासुको पोष्टमार्टम भएको छ । घटनालगत्तै आरोपितहरु फरार रहेका छन् । कसरी भयो हत्या ? शनिबार साँझ जानकीदेवी छिमेकमा मसला पिँध्न गएकी थिइन् । मसला पिँध्न गएकी उनलाई चामल चोरेको आरोप लगाउँदै कमलीदेवी खंगले कुटपिट गर्न थालिन् । गर्भवती बुहारीमाथि कुटपिट भइरहेको थाहा पाएर उनकी सासु सावित्रीदेवी जोगाउन पुगेकी थिइन् । मृतकका छोरा शनिश्चर खंगका अनुसार कमलीदेवीसँगै उनका श्रीमान् धनिक र छोरा पञ्चदेवले मिलेर सिलौटा, चुलेसी र डाढुले प्रहार गर्दा सावित्रीको लडेर मृत्यु भएको हो । हत्यापछि धनिक खंगका परिवार गाउँ छाडी फरार भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Access/control of private land
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments