Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-06-20

Gandaki, Kaski, Rupa

रुपाकोट गाविस-८ घर भई लेखनाथ नपा-१४ की ३५ वर्षीया कल्पना थापाले बहुविवाहको गरेको आरोपमा ४२ वर्षीय पति धर्मेन्द्र थापा र कान्छी पत्नी स्याङ्जा वालिङकी २४ वर्षीया सुजनी थापाविरुद्ध उजुरी गरेपछि प्रहरीले आरोपित दुवै जनालाई असार ६ गते गिरफ्तार गरेको छ । उनीहरूबीच विवाह भएको आफूले असार ४ गते थाहा पाएको भन्दै कल्पनाले असार ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

0 Comments