Incident Reports

दुई नाल भरुवा बन्दुक बरामद

2016-06-20

Madhes, Siraha, Golbazar

 सिरहाको गोलबजार नगरपालिका क्षेत्रबाट प्रहरीले सोमबार साँझ बारुद भरिएको दुई नाल भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले गोलबजार नगरपालिका–१० स्थित कमलदह जाने बाटाबाट बारुद भरेर तयारी अवस्थामा रहेको दुई नाल भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलतर्फ काठ तस्करी गर्न जाँदै गरेका तस्करले प्रहरी टोलीलाई देखेपछि झाडीमा बन्दुक फालेर फरार भएपछि उक्त बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो। रासस
National/Online Media

0 Comments