Incident Reports

बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार

2016-06-21

Karnali, Surkhet, Bheriganga

भेरीगङ्गा नपा-७ लोदे घरभई भेरीगङ्गा नपा-३ सानोजात्रीस्थित माइतीमा बस्दै आएकी २८ वर्षीया धनसरा कुमाललाई बञ्चरो प्रहार गरी असार ६ गते राति हत्या गरेको आरोपमा धनसराका पति वीरबहादुर कुमाललाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको छ । माइतीमा बस्दै आएकी धनसरालाई उनका पति वीरबहादुरले असार ६ गते राती बञ्चरोले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका इन्स्पेक्टर जयसिंह विष्टले जानकारी दिए । वीरबहादुर असार १ गते भारतबाट घर फर्किएपछि घरायसी विषयमा विवाद भएको र सोही विवादपछि हत्या गरेको अनुसन्धानबाट खुल्न आएको इन्स्पेक्टर विष्टले जानकारी दिए । माइतीमा आफन्तसहित सुतेकी धनसरालाई सुतेकै अवस्थामा बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धनसराका साथमा दुई छोरी, एक छोरा, भाउजु, बहिनी, भदैनीसँगै सुतेका थिए । केही दिनदेखि पतिसँग झगडा भएको र पटकपटक फोनबाट पतिले धम्क्याउने गरेको धनसराका आफन्तले बताएका छन् । दुर्गा थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments