Incident Reports

भाइको बञ्चरो प्रहारले दाइ, भाउजू र भतिजा घाइते

2016-06-21

 घरायसी विवादका कारण मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिकाका एक युवकले आफ्नै सहोदर दाजु, भाउजू र भतिजालाई बञ्चरो प्रहार गरी घाइते बनाएका छन्। वेदकोट नगरपालिका–६ का २२ वर्षीय विनोद रानाले घरायसी विवादका कारण २८ वर्षीय दाइ टीकाराम राना, २४ वर्षीय भाउजू जानकी राना र १२ वर्षीय भतिजा सुशान्त रानालाई बञ्चरो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 'पहिलेदेखि नै दाजु भाइको अंशलगायत घरायसी विवाद थियो', स्थानीय भोज रानाले भने, 'हिजो एक्कासि आक्रमण गरेको सुन्यौँ।' घाइतेको महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको छ। घाइतेमध्ये जानकी रानाको अवस्था गम्भीर रहेको छ । प्रहरीले आक्रमणमा संलग्न विनोद रानालाई नियन्त्रणमा लिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Injured 3
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports