Incident Reports

श्रीमतीलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीद्वारा बागबजारबाट एक जना पक्राउ

2016-06-22

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको बागबजारस्थित पुरानो बसपार्क नजिकै एक युवतीमाथि छुरा प्रहार भएको छ। बिहान करिब ९ दोलखा लापिङ घर भै बागबजार नै बस्दै आएकी २१ वर्षीया सुष्मा थामीमाथि उनकै श्रीमानले छुरा प्रहार गरेको प्रहरीले बताएको छ । आपसी विवादमा श्रीमानले श्रीमतीलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। झलकबहादुर थापा (२५) ले श्रीमती शुष्मा थामी थापा (२१)लाई ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। बागबजारमा ज्यामी काम गर्ने उनीहरुबीच घरायसी विवाद हुँदा श्रीमान झलकले श्रीमती शुष्मालाई पछाडिबाट छुरा प्रहार गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। छुरा प्रहारबाट शुष्माको ढाडमा दुई इन्च गहिरो चोट लागेको छ। छुरा प्रहार गर्ने वित्तिकै झलकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। घाइते शुष्माको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। उनी अहिले बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी बताएको छ । सुष्मासँग करिब २ वर्ष अगाडि आफ्नो विवाह भएको र घरायसी विवादका कारण केही महिनादेखि आफूहरु छुट्टाछुटै बस्दै आएको थापाले प्रहरीलाई बयान दिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments