Incident Reports

प्रहरीले यातना दिएको भन्दै मानव अधिकार आयोगमा उजुरी

2016-06-21

Lumbini, Banke, Rapti Sonari

 नेपालगञ्ज उमानपा-१३ भृकुटीनगरका २१ वर्षीय युवराज थापामगरलाई प्रहरीले हिरासतमा यातना दिएको आरोपमा यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा असार ९ गते उजुरी परेको छ । सादा पोशाकमा असार ७ गते आएका प्रहरीले सोधपुछ गरी एक छिनमा छाड्ने भन्दै घरैबाट गिरफ्तार गरी प्रहरी कार्यालय पुर्‍याएर कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । असार ८ गते थुनुवा कक्षमा १०/११ जना सादा पोशाकमा रहेका प्रहरीले पालैपालो पाइप र लात्तीले अमानवीय ढङ्गले करिब आधा घण्टासम्म कुटपिट गरेको पीडितले आयोगमा दिएको उजुरीमा उल्लेख छ । पीडितले दिएको उजुरीमा यातनाबाट शारीरिक, मानसिक सन्तुलनमासमेत प्रभाव परेकोले असार १५ गते हुने विई (सिभिल) तेस्रो सेमेष्टरको परीक्षामा प्रभाव परेको उल्लेख गरेका छन् । असार ८ गते उनलाई अभिभावकको रहोवरमा निर्दोष भनि रिहा गरेको पीडितले बताए । नेपालगञ्ज उमानपा-२१ जयसपुरका १८ वर्षीय राजबावु पठानलाई असार ६ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले प्रहरीले यातना दिन नहुने बताउँदै यस घटनामा के भएको हो बुझेर आवश्यक काम गरिने बताए । मानवअधिकार आयोगले यस विषयलाई गम्भीर रूपमा लिएको राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताए । आयोगमा दिएको उजुरी सम्बन्धमा आवश्यक पहल गरिदिन पीडितले इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जलाई पनि बोधार्थ दिएका छन् । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments