Incident Reports

यातना दिएको आरोपमा प्रहरीमा उजुरी

2016-06-10

Province 1, Panchthar, Hilihang

 सुभाङ गाविस-८ का ५८ वर्षीय तेजबहादुर सुहाङलाई कुटपिट गरेको आरोपमा असार ८ गते पीडितका आफन्तले दुई जना प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरूले प्रहरी कार्यालयमा यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज असई भले भुजेल र जोरपोखरी प्रहरी चौकीका इञ्चार्ज असई सन्तोष सुब्बाविरुद्ध उजुरी दिएको बताएका छन् । पीडितलाई जेठ २८ गते आरोपितहरूले कुटपिट गरेको उजुरीमा उल्लेख छ । कुटपिट तथा यातनाका कारण शरीरमा निलडाम र ढाडको नसामा चोट लागेकोले बि एण्ड सि अस्पताल, विर्तामोड झापामा उपचार भइरहेको पीडित पक्षले जनाएको छ । गाली गलौजको आरोप लगाउँदै पीडितका छिमेकी भक्तमाया सार्कीले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेकी थिइन् । सार्कीको निवेदनमा सुहाङलाई जेठ २८ गते झिकाउने क्रममा जोरपोखरी प्रहरी चौकीका असई सुब्बाले कुटपिट गरेको र जिल्ला प्रहरी कार्यालयमा घटना मिलाउने क्रममा भुजेलले पाँच सय पटक उठबस गर्न लगाउनुका साथै कुटपिट गरेको उजुरीमा उल्लेख छ । पीडितको घाउजाँच, घटनामा संलग्नहरूलाई कानुनी कारबाही र क्षतिपूर्ति भराउन उजुरी दर्ता गराएको पीडितकी पत्नी फूलमाया सुहाङले जानकारी दिइन् । पीडित पक्षको उजुरी अनुसार घटनामा संलग्नहरूको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णप्रसाद कोइरालाले बताए । उनले नागरिक सुरक्षा र मानव अधिकारको संरक्षण गर्ने जिम्मा राज्यको भएकोले यातना गरेको पुष्टि भए विभागीय कारबाही गरिने बताए । मङ्गल बेघा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports