Incident Reports

आमाको हत्या गरेको आरोपमा गिरफ्तार

2016-06-23

Province 1, Sunsari, Itahari

इटहरी उमनपा-४ की ५२ वर्षीया बेचनी चौधरीको हत्या गरेको आरोपमा मृतकका छोरा २८ वर्षीय विजय चौधरीलाई प्रहरीले असार ९ गते गिरफ्तार गरेको छ । विजयका बाबु भरतलाल चौधरीले असार ९ गते छोराविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरेपछि प्रहरीले विजयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जनाएको छ । विजयलाई गिरफ्तार गरी लिएको बयानका आधारमा असार ९ गते नै गाडेको ठाउँबाट शव उत्खनन् गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारीले बताए । सेतो प्लाष्टिकको बोरामा हालेर टेङ्ग्रा खोला छेउमा गाडेको शव उत्खनन् गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको उनले बताए । सडक दुर्घटनामा परेर उपचारका लागि काठमाण्डौ गएका बेचनीका पति भरतलाल उपचार पछि फर्कदाँ पत्नी नदेखे पछि छोरासँग सोधेको र छोराले शङ्कास्पद जवाफ दिएपछि प्रहरीमा उजुरी गरेको प्रहरीले जनाएको छ । बेचनी एकाएक बेपत्ता भएपछि छिमेकीले पनि शङ्काको दृष्टिले हेरेका थिए । आरोपित विजयलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको डिएसपी ओम अधिकारीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments