Incident Reports

कर्मचारीमाथि कालोमोसो

2016-06-26

Lumbini, Palpa, Mathagadhi

जिल्ला शिक्षा कार्यालय पाल्पाका सहायक जिल्ला शिक्षा अधिकारी रेशमलाल न्यौपानेलाई अपरिचित व्यक्तिले कालोमोसो दलेका छन्। आइतबार दिउँसो १२:१५ बजे कार्यालय छिरेका २ जनाले कालोमोसो दलेर फरार भएको जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले बताईन्। आफू कार्यालयमा नभएको समयमा कर्मचारीमाथि दुर्व्यवहार गरेको उनले बताईन्। उनी भन्छिन्, ‘निर्दोष व्यक्तिमाथि किन मोसो दलिएको भन्ने विषयमा जानकारी छैन। अकस्मात मुख छोपेर आएका व्यक्तिले कर्मचारीमाथि दुर्व्यवहार गरेर भागेछन्।’ कार्यालयमा काम गरिरहेको समयमा भएको कार्यको अनुसन्धान गरि दोषीलाई कारबाही गर्नुपर्ने रेग्मी बताउँछिन्। शाखा अधिकृत पदमा कार्यरत न्यौपाने भन्छन्, काम गरिरहेको थिएँ, अकस्मात एक जना व्यक्तिले कालो दलेर फरार भो। आत्तिएर, के गरेको ? किन ? के भो भन्दा भन्दै भागेका हुन्। १ व्यक्ति मोसो लगाईदिईरहँदा अर्को व्यक्ति समेत मास्क लगाएर बाहिर रहेको आफुले देखेको उनले बताए। न्यौपाने भावविह्वल हुँदै भन्छन्, सबैको सहयोग मै रहिरहँदा किन यस्तो भो ? आज २० वर्ष पुगेको भए राजीनामा गरेर बस्थे। अब म कसरी हिड्ने ? म कहिँ कतैबाट सूचित थिईन । पात्र म कसरी चुनिएँ । मलाई जानकारी छैन। उनीहरुले कम्प्यूटर टाइप भएको एक पर्चा समेत छाडेर गएका छन् । मोसो दलिएको समयमा कार्यालयमा ३ जना कर्मचारी भएको भएता पनि आफूहरुले उनीहरुलाई नचिनेको बताएकाछन्। कार्यालयका सूचना अधिकारी महेन्द्र सुवेदीले नेकपा माओवादी लेखिएको पर्चा छाडेर गएको भएता पनि कसले र किन यस्तो कार्य गर्यो भन्ने विषयमा आधिकारीक जानकारी नभएको बताउँछन्। प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले आफूलाई घटनाबारे ढिलो जानकारी भएकोले घटनाको अनुसन्धान भैरहेको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments