Incident Reports

दाइजोका कारण घर निकाला गरेको घटनाका आरोपित गिरफ्तार

2016-06-28

Madhes, Saptari, Rajbiraj

राजविराज नपा-५ की २२ वर्षीया रुबीदेवी दासलाई थप दाइजो माग्दै कुटपिट गरी घरनिकाला गरेको आरोपमा प्रहरीले उनका पति २८ वर्षीय सन्तोषकुमार दास र ससुरा ६० वर्षीय गुजर भनिने रामकिसुन दासलाई असार १४ गते गिरफ्तार गरेको छ । पीडितको मुखमा कपडा कोची आरोपितसहित घरपरिवारका सदस्यहरूले असार १२ गते राति रडले कुटपिट गर्नुका साथै बिजुलीको तारले पङ्खामा झुण्ड्याउन खोजेको थाहा पाएर छिमेकीहरूले जोगाएपछि सोही राति १२ बजे घरबाट निकालेको पीडतले बताइन् । घाइते पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पीडितले आरोपितसहित ५५ वर्षीया सासू चन्द्रिकादेवी दास, २४ वर्षीय देवर रामकुमार दासविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै असार १३ गते उजुरी दिएकी थिइन् । पीडितको उजुरीपछि जिल्ला प्रहरी कार्यालयले असार १४ गते केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी सन्तोष र रामकिसुनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Banishment/shunning
Weapons Blunt weapon
Primary Cause Related to disputes over dowry
Secondary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments