Incident Reports

दुई महिलाको उद्धार, दलाल पक्राउ

2016-06-30

Province 1, Jhapa, Bhadrapur

झापाको भद्रपुरबाट भारततर्फ बेच्न लैजाँदै गरेका दुई महिलाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उद्धार गरिएका महिलाहरूमा नेपालगञ्जको फत्तेपुर गाविस–९ की ३३ वर्षकी बिना ओली र नुवाकोट नर्जामण्डल गाविस– ३ की २१ वर्षकी हिरामाया तामाङ्ग रहेका छन् । उनीहरूलाई बुधबार बिहान साना हात नामक संस्थाले प्रहरीको सहयोगमा भद्रपुरको छोटी भन्सार नजिकैबाट उद्धार गरेको हो । ओली र तामाङलाई भद्रपुर–१५ का ३६ वर्षकी मलिना कुटवाल श्रेष्ठले भारतको सिलगुडी घुम्न जाउँ भन्दै काठमाडौंबाट झापा ल्याएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । प्रहरीले ओली र तामाङलाई भारत घुमाउने बहानामा बेच्ने लैजाने दलाल महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । रासस
National/Online Media

0 Comments