Incident Reports

सामूहिक बलात्कार घटनाको उजुरी दर्ता

2016-06-30

Madhes, Rautahat, Brindaban

१५ वर्षीया एक बालिकालाई प्रतापपुर पल्टुवा गाविस-९ का २७ वर्षीय विश्वनाथ महरा चमार, सोहि गाविस-१ का २५ वर्षीय बीगन महरा चमार र सोहि ठाउँका २२ वर्षीय हरीचन महरा चमारले असार १० गते राति सामूहिक बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा असार १६ गते उजुरी दिएकी छन् । पीडित बालिकालाई जबरजस्ती मुख थुनेर एकान्त स्थानमा रहेको खेतमा लगेर विश्वनाथ महरा र बीगन महराले पालैपालो बलात्कार गरेको र हरीचन महराले मानिस आए नआएको हेर्न बाटो कुरेर बसेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । आरोपितहरूले घटना सम्बन्धमा कतै उजुरी गरेमा ज्यान मार्ने धम्की दिएकाले तत्काल उजुरी गर्न नआएको र तीन दिनपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी गर्न आएपनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितले बताइन् । प्रहरीले आरोपित मध्येका विश्वनाथ महरालाई असार १६ गते दिउँसो गिरफ्तार गरिएको र अन्य आरोपितहरूको खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी मनोजकुमार यादवले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते चन्द्रनिगाहपुर अस्पतालमा गरिएको यादवले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments