Incident Reports

६८ वर्षीया बृद्धालाई बलात्कार

2016-06-23

बैतडीकी एक बृद्धा बलात्कारमा परेकी छन्। जिल्लाको दक्षिणी तल्लोस्वराडकी ६८ वर्षीया एकल महिलामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। आङ खसेकी बृद्धा महिलामाथि असार ९ गते राति १२ बजे शर्माली–४ का ४१ वर्षीय जयमलसिंह चाडले बलात्कार गरेको आरोप लागेको छ । गाउँबाट टाढा एक्लै बस्ने गरेकी बृद्धामाथि बलात्कार भएको दुई दिनसम्म बेहोस अवस्थामा रहेको आफन्तको भनाइ छ। बृद्ध महिलाको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परिक्षण गरिएको छ। बलात्कारी युवकलाई प्रहरीले असार १६ गते प्रक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। शुक्रबार म्याद थप गरेर अनुसनधान प्रक्रिया बढाएको बैतडीका प्रहरी प्रमुख प्रहरी नयाव उपरिक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। प्रारम्भिक अनुसन्धानपछि बलात्कारमा संलग्न युवकमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइसकेको छ। घटना एक हप्ता अगाडि भएको र पीडित महिला एक्लै बस्ने गरेकाले घटना ढिलो थाहा पाएको प्रहरीले बताएको छ। पक्राउ परेका आरोपीकोे घरमा श्रीमती र छोरीसमेत रहेका छन। यस अघि पनिथुप्रै घटनामा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments