Incident Reports

अज्ञात समूहको आक्रमणबाट माओवादी केन्द्रका अध्यक्ष घाइते

2016-07-02

Karnali, Dolpa, Shey Phoksundo

सर्मी गाविस-३ निवासी नेकपा माओवादी केन्द्र डोल्पाका जिल्ला अध्यक्ष ४७ वर्षीय सितार भनिने मालबहादुर रोकाय असार १८ गते अज्ञात समूहको आक्रमणबाट घाइते भएका छन् । सदरमुकाम दुनै र जुफाल गाविसको सिमानामा अवस्थित रूपगाड खोला नजिकको एक होटलमा बसेर चिया खाइरहेको अवस्थामा अनुहारमा मखुण्डो लगाएका पाँच जनाको सङ्ख्यामा आएको समूहले दाउराले आक्रमण गरेको प्रत्यक्षदर्शी खडकबहादुर बुढाले बताए । टाउकोमा चोट लागेका पीडितको प्राथमिक उपचार जिल्ला अस्पतालमा भयो भने थप उपचारका लागि उनलाई असार १८ गते नै काठमाण्डौ लगिएको छ । उनको थप उपचार वीर अस्पतालमा भइरहेको नेकपा माओवादी केन्द्र डोल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख सुमित खड्काले आक्रमणकारीको खोजी भइरहेको र कसले किन आक्रमण गरेको हो सोको बारेमा अनुसन्धान भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Entity CPN M
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports