Incident Reports

दाङमा सात वर्षीय बालकको हत्या [Updated]

2016-07-08

Lumbini, Dang, Tulsipur

दाङमा एकजना बालकको हत्या भएको छ। विजौरी–२ का सात वर्षीय दिपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको दाङ जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए। एसपी सिंहका अनुसार दिपकको हत्या उनकै फूपु २६ वर्षीया गौतमी खत्रीले गरेकी हुन्। गौतमी मानसिक सन्तुलन गुमाएकी महिला भएको खुल्न आएको प्रहरीले बताएको छ। शुक्रवार अपरान्ह दिपक विद्यालयवाट फर्केपछि उनको हत्या भएको भएपनि साँझ अबेरमात्रै प्रहरीलाई खबर आएको प्रहरीले जनाएको छ। दिपकका अभिभावकसहित परिवारका सबै सदस्य खेतमा रोपाई भएकोले रोपाईमा गएको र नजिकै घर भएकी फुपु आएर दिपकको टाउँको र घाँटीमा हँसिया प्रहर गरी हत्या गरेको खुल्न आएको एसपी सिंहले जानकारी दिए। एसपी सिंहका अनुसार यसअघि पनि मानसिक सन्तुलन ठीक नभएकी गौतमीले आफ्नै श्रीमानलाई समेत आक्रमण गरेकी थिइन्। हत्यापछि गौतमी फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

विजौरी गाविस-२ सक्रामका आठ वर्षीय बालक दिपक केसीको हत्या घटनामा उनकै फूपु २६ वर्षीया गोमती खत्रीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले मङ्सिर २७ गते खत्रीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो । खत्रीले धारिलो हतियार प्रहार गरी ०७३ असार २४ गते बालकको हत्या गरेकी थिइन् । असार २५ गते मृतकका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि हत्यामा संलग्न भएको आरोपमा गोमतीलाई प्रहरीले असार २६ गते गिरफ्तार गरेको थियो । बुवा-आमा काममा गएको बेला घरमा रहेका बालकको हत्या गरेको आरोपमा असार २७ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC

0 Comments

Related Reports