Incident Reports

छ जना युवतीको उद्धार

2016-07-09

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 11

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ अवैध रुपमा जाँदै गरेका छ जना युवतीको हिजो उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुर र प्रहरीको संयुक्त प्रयासमा सीमा नाका हँुदै भारततर्फ जान लागेका युवतीको उद्धार गरिएको हो । भारत हुँदै कुवेत र इराक जाने भन्दै आएका धादिङका तीन, म्याग्दीका दुई र काठमाडौँका एक गरी छ जना युवतीको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । “भारतीय नम्बरको जिपमा भारततर्फ जाँदै गरेका बेला युवतीहरु जोखिममा पर्न सक्ने भन्दै उद्धार गरेका हौँ” – उहाँले भन्नुभयो । उद्धार गरिएका युवतीहरु २० देखि ३० वर्ष उमेरका रहेका छन् । भारतको नयाँदिल्ली पु¥याइदिने भन्दै युवतीसँगै जाँदै गरेका ५० वर्षीय माईबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । युवतीहरु माइती नेपालमा राखिएका छन् । युवतीहरुबाट काठमाडौँमा रहेका दलालले रु ७५ हजारदेखि रु ८० हजार रकम लिएको उद्धार गरिएका युवतीको भनाइ रहेको छ । असार महिनामा मात्रै माइती नेपाल कञ्चनपुरले ४६ जना बालबालिका तथा युवतीको उद्धार गरेको जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 6
Female Abducted 6
National/Online Media

0 Comments