Incident Reports

यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

2016-07-09

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेलौरी नपा-६ का ५५ वर्षीय रामकृष्ण श्रेष्ठलाई असार २५ गते प्रहरीले गिरफ्तार गरेको छ । असार २४ गते पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अविभावकले इलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएका थिए । पीडित बालिकाको अविभावकले दिएको उजुरीको आधारमा प्रहरीले श्रेष्ठलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी केदार खनालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २५ गते महाकाली अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments