Incident Reports

प्रहरीले छुवाछुत मुद्दा दर्ता गर्न नमानेको आरोप [Updated]

2016-07-07

Province 1, Morang, Belbari

प्रहरीले जाहेरी नलिएपछि परमादेशको माग गर्दै पुनरावेदनमा रिट दर्ता जातीय विभेद र छुवाछुत कसुर तथा ज्यानमार्ने उद्योगको मुद्दा दर्ता गर्न प्रहरीले नमानेपछि सुन्दरदुलारी-७ की ३५ वर्षीया प्रमिला विश्वकर्माले पुनरावेदन अदालत विराटनगरमा साउन २ गते परमादेश माग गर्दै रिट दर्ता गराएकी छन् । इलाका प्रहरी कार्यालय बेलबारीले अमानवीय घटनाको मुद्दा दर्ता गर्न इन्कार गरेको भन्दै रिट दर्ता गरेको प्रमिलाले बताइन् । गत जेठ २५ गते छिमेकीहरू मन्दिरा गुरुङ, रञ्जना गुरुङ, माया राईलगायतको आक्रमणबाट मेरुदण्डमा गम्भीर चोट लागेर घाइते भएकी प्रमिला एम्बुलेन्समा चढेर अदालतमा पुगेर मुद्दा दर्ता गराउन परमादेश माग गर्दै रिट दर्ता गराइन् । आरोपितहरूले बचत समूहकी अध्यक्ष रहेकी प्रमिलालाई छिमेकी रहिता परियारको घरमा बसिरहेको अवस्थामा बाँस र रडले जातीय विभेद हुने गालीगलौज गर्दै कुटपिट गरी तातो आइरनले शरीरमा डामेको प्रमिलाले आरोप लगाउँदै आएकी छन् । घटनापछि उजुरी गरेपनि इलाका प्रहरी कार्यालय बेलबारीले मिलापत्र गराउन दबाब दिँदै उजुरी दर्ता गर्न इन्कार गरेको, आक्रमण गर्नेहरूलाई गिरफ्तार नगरेको र जिल्ला प्रहरी कार्यालय मोरङले पनि जाहेरी लिन नमानेपछि प्रमिलाले हुलाकमार्फत पनि प्रहरीलाई उजुरी पठाएकी थिइन् । तर, प्रहरीले घटना समान्य कुटपिटको भन्दै जाहेरी दर्ता गर्न चाहेको भन्दै उनले रिट दर्ता गराएको बताइन् । घटना अध्ययन गरेर आफूलाई न्याय दिलाउन माग गर्दै प्रमिलाले राष्ट्रिय मानव अधिकार आयोग र दलित आयोगमा पनि उजुरी दर्ता गराएकी छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports