Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-07-11

Gandaki, Kaski, Pokhara Lekhnath

म्याग्दी तिनीखोला गाविस- १ की ३४ वर्षीया रूकमाया खातीले हाल पोखरा उमनपा-१० बुद्धचोक बस्ने ३५ वर्षीय पति धनबहादुर भन्ने गौबहादुर विकले अर्को विवाह गरेको भनी दिएको उजुरीका आधारमा गौरवलाई असार २७ गते प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले गौरबकी कान्छी पत्नी शान्ती मगरलाई पनि असार २७ गते नै गिरफ्तार गरेको छ । आफू सक्षम हुँदाहुँदै असार २५ गते सोही गाविसकी ३३ वर्षीया शान्ती मगरसँग विवाह गरेको आरोपमा रूकमायाले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

0 Comments