Incident Reports

बलात्कार गरी हत्या गरेको कसुरमा ५० वर्षभन्दा बढी कैदको फैसला

2015-11-16

Karnali, Surkhet, Lekbeshi

नेटा गाविस-७ की १० वर्षीया बालिका मनिषा रानालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनाका आरोपितलाई दोषी ठहर गर्दै सुर्खेत जिल्ला अदालतले असार २७ गते सर्वस्वसहित ५१ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । बालिकालाई बलात्कार गरी हत्या गरेको कसुरमा कल्याण गाविस-७ का ३२ वर्षीय पूर्णबहादुर ठाडामगर, नेटा गाविस-७ का ३२ वर्षीय खड्कबहादुर गाहामगर र नेटा गाविस-५ का ३८ वर्षीय यामबहादुर रास्कोटीमगरलाई अदालतले यस्तो फैसला सुनाएको हो । उनीहरूले बालिकालाई ०७२ कार्तिक ३० गते सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपित तीनै जनालाई बलात्कार गरेको कसुरमा जनही १५ वर्षकैद र जाहेरवाला मनिषाका बावु चन्द्रबहादुर रानामगरलाई जनही ७० हजारका दरले क्षतिपूर्ति भराउने फैसलामा उल्लेख छ । त्यसैगरी हत्या गरेको कसुरमा तीनैजनालाई सर्वस्वसहित ३६ वर्ष ६ महिना कैद हुने गरी फैसला गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश कैलाशप्रसाद सुवेदीको आदेशले यस्तो फैसला गरेको अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments