Incident Reports

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

2016-07-12

Province 1, Ilam, Fakphokthum, Ward 7

बहुविवाह गरेको कसुरमा एकतप्पा गाविस-९ का ५३ वर्षीय पूर्णसिं राई र लुम्दे गाविस-४ की ४८ वर्षीया तेजकुमारी थेवेविरुद्ध जिल्ला अदालतले जनही एक-एक वर्षकैद र पाँच-पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजालासले असार २८ गते मुलुकी ऐन विवाहवारी महलको १ नम्बर बमोजिम कसुर ठहर गर्दै मुलुकी ऐन १० नम्बर बमोजिम दुवैलाई सजायको फैसला भएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । पूर्णसिंले तेजकुमारीसँग ०७२ माघ १० गते बहुविवाह गरेको आरोपमा पूर्णसिंकी जेठी पत्नी ५१ वर्षीया मनमाया राईले उनीहरूविरुद्ध कारवाहीको माग गर्दै ०७२ फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी पछि तेजकुमारीलाई प्रहरीले फागुन २० गते गिरफ्तार गरेको थियो । उनी जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेकी थिइन् । पूर्णसिं भने अहिलेसम्म नै फरार रहेको प्रहरीले जनाएको छ ।

0 Comments