Incident Reports

लेखनाथमा एक युवा मृत भेटिए, १२ भन्दा बढी पक्राऊ

2016-07-13

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 31

कास्कीको लेखनाथ नगरपालिकामा एक युवा मृत फेला परेका छन् । तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १ का १८ वर्षीय विश्वास थापा मृत अवस्थामा कोत्रे खोलामा भेटिएका हुन् । लेखनाथको मजुवामा स्थानीय डिएलओ युवा क्लबले मंगलबार आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगितामा विवाद भएको एक घण्टाभित्रै घटना भएको बताइएको छ । थापाको शव फुटवल प्रतियोगिता भएको स्थलबाट करीब एक सय मिटर नजिकै छ । मंगलबार आयोजित प्रतियोगिता अन्तर्गत जनचेतना क्लव तनहुँ र कोत्रेको शक्ति युवा क्लबबीच प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धाका क्रममा दुई टिमबीच विवाद उत्पन्न भएको र सो क्रममा दुई पक्षबीच झडप हुँदा भागाभाग भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । भागाभागको क्रममा भीरबाट खसेर वा झडपका क्रममा कुटपीट गर्दा मृत्यु भएपछि खोलामा फालिदिएको हुनसक्ने प्रहरीको आशंका छ । दुईमध्ये एक हो भन्ने आधारमा अनुसन्धान बढाइएको प्रहरी निरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए । थापाको शव घटना भएको एक घण्टाभित्रै कोत्रे खोलामा तैरिएको अवस्थामा भेटिएको स्थानीयको भनाई छ । थापाको शरिर र टाउकोमा गम्भीर चोट लागेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले १२ भन्दा बढी युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसैबीच, मृतकका आफन्तले भने थापाको हत्या भएको भन्दै दोषीमाथी कारबाहीको माग गरेका छन् । उनीहरुले कारबाहीका लागि दवाब दिन बुधबार विहान केहीबेर पृथ्वी राजमार्ग अबरुद्ध गरे भने दिउँसो जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1

0 Comments

Related Reports
Related Trend Analysis