Incident Reports

पत्नी हत्याका आरोपित गिरफ्तार

2016-07-14

Bagmati, Bhaktapur, Suryabinayak

सूर्यविनायक नपा-४ कटुञ्जेकी २३ वर्षीया दीपा कार्कीलाई असार २९ गते घरायसी विवादका कारण हम्मरले हानेर हत्या गरेको आरोपमा २५ वर्षीय पति विजय कार्कीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । दिउँसो घरमा कोही नभएको मौका पारेर पत्नीलाई हत्या गरेर भाग्न खोजेको आरोपमा विजयलाई प्रहरीले काठमाडौँको एयरपोर्टबाटै असार २९ गते गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण बज्राचार्यले जानकारी दिए । प्रहरीले 'मोबाइललाई ट्रयाक गरेर पछ्याउँदै' एयरपोर्टबाट भाग्न खोज्दै गरेका विजयलाई गिरफ्तार गरेको र आरोपितले लगाएको कपडामा रगत लागेकोले हत्या पतिबाटै भएको भन्दै अनुसन्धान सुरु गरिएको एसपी बज्राचार्यले बताए । ह्म्मरले हानेर मृतकको टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको पाइएको घट्नास्थल पुगेका महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी मित्रबन्धु शर्माले बताए । मृतकका सासू, ससुरा तथा दुई र चार वर्षका दुई छोरा थानकोटमा बिहेमा गएको मौका पारेर घरको पहिलो तल्लामा हत्या गरेको पाइएको डिएसपी शर्माले बताए । मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँको त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको पनि शर्माले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments