Incident Reports

१५ वर्षीया किशोरीको अपहरणपछि सामूहिक बलात्कार

2016-07-14

सप्तरीको कन्चनरुप नगरपालिकामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कन्चनपुर बजारवाट सामान खरिद गरी कन्चनरुप नगरपालिकाको रुपनगर स्थित घर जाँदै गरेका बेला गत असार २८ गते राति किशोरीको अपहरण भएको थियो । अपहरणपछि उनीमाथि बलात्कार भएको प्रहरी भनाइ छ । कन्चनरुप नगरपालिका ७ का बलदेब सरदारले पूर्व–पश्चिम राजमार्ग अन्तरगत कन्चनपुरस्थित चन्द्रनहरको पुलबाट सय मिटर दक्षिण लगेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कन्चनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए । को ९ प ४४३७ नम्बरको मोटरसाईकलमा चढेर घटनास्थल आइपुगेका पोर्ताहा गाविस ९ का अशोक साह र सियाराम सरदारले किशोरीलाई पुन: अपहरण गरी लगेको निरीक्षक महतले जानकारी दिए । किशोरीलाई नियन्त्रणमा लिएर दुबैजनाले मोटरसाईकलमा राखी पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कन्चनरुप नगरपालिका ७ स्थित सिमरामा लगेर राजमार्ग भन्दा ३ सय मिटर दक्षिणको खाली जग्गामा दुबै जनाले किशोरीमाथि जबरजस्ती करणी गरेको प्रहरी निरीक्षक महतले जानकारी दिए । भोलिपल्ट बिहान मोटरसाइकलमा किशोरीलाई राखेर कञ्चनपुतरर्फ आइरहेको बेला प्रहरीले सोधपुछ गरेपछि घटनाको रहस्य खुलेको थियो । प्रहरीलाई देखेर मोटरसाइकल तीव्र गतिमा कुदाएपछि दुर्घटनासमेत भएको थियो । बुधवार पक्राउ गरिएका तीनै जनालाई बिहीबार म्याद थप गरी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments