Incident Reports

हत्या गरेको कसुरमा पति र सासूलाई जन्मकैदको फैसला

2016-07-12

Madhes, Saptari, Khadak

पंसेरा गाविस-५ की २५ वर्षीया नगीना साहलाई कुटपिट गरी हत्या गरेको ठहर गर्दै जिल्ला अदालत सप्तरीले मृतकका पति ३२ वर्षीय शत्रुघ्न प्रसाद साहसोनार र सासू ५४ वर्षीया सुमिन्त्रादेवी साहलाई असार २८ गते जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतले पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका दुवैजनालाई जन्मकैदको फैसला गरेको जनाएको छ । ०७१ असार ७ गते राति हत्या गरिएकी मृतकको घाँटी र शरिरको विभिन्न भागमा चोटपटकको निलडाम लागेको अवस्थामा असार ८ गते बिहान घरमा लाश फेला परेको थियो । पीडित र आरोपितहरूबीच केही दिनदेखि बारम्बार झगडा हुने गरेको र असार ७ गते राति पुनः कुटपिट भएपछि घरबाट चोकतिर भागेकी पीडितलाई समातेर आरोपितले घरभित्र लगी घाँटी थिचेर हत्या गरेको गाउँलेले जनाएका थिए । दुवै जनालाई प्रहरीले असार ८ गते घरैबाट गिरफ्तार गरेर मुद्दा चलाएको प्रहरीले जनाएको छ । लाशको पोष्टमार्टम असार ८ गते लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भएको थियो । सामाजिक परम्पराअनुसार पीडित र आरोपित शत्रुघ्नबीच ०७० असार १५ गते विवाह भएको थियो । पीडितका बुवा धनुषाको जनकपुर नपा-८ घर भई जनकपुर नपा-१० बस्ने बिमलकिशोर साहले ०७१ असार १० गते दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७१ असार ११ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments