Incident Reports

बलात्कार गरेको कसुरमा पाँच वर्षकैद फैसला

2016-07-12

Madhes, Siraha, Golbazar

१७ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा जिल्ला अदालत सिरहाले गोलबजार नपा-४ का ३० वर्षीय सरोज साहलाई असार २८ गते ५ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले जानकारी दिए । पीडित बालिकालाई साहले ०७२ मङ्सिर १ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा फागुन २६ गते पीडित परिवारले उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २६ गते नै भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारले साहलाई फागुन २६ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालत सिरहाले चैत २३ गते साहलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments