Incident Reports

मध्यराति गुल्मीमा एकको हत्या

2016-07-14

Lumbini, Gulmi, Madane

गुल्मीको बाझकटेरी बिहिबार राति एक जनाको हत्या भएको छ । बाझकटेरी–१ छहराका ५५ वर्षे छत्रबहादुर सेन वलीको नचिनेको एक समूह हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राति १ बजे दुई जनाको नचिनेका व्यक्ती छत्रबहादुरको घरमा आएर आफूलाई समस्या परेको बताउँदै ढोका खोल्न लगाएका थिए । छत्रबहादुरले ढोका खोलेपछि उनीहरुले पैसा मागेको र पैसा छैन भनेपछि धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताउनुभयो । हत्या गर्ने व्यक्तीको खोजी भइरहेको प्रहरीले जनाएको छ । छोरी र श्रीमतीसँगै घरमा रहेका छत्रबहादुरकोे हत्या गरेपछि उनीहरुले दुई थान मोवाईल र उनको श्रीमतीले कानमा लगाएका सुनका गहना समेत लुटेर लगेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports