Incident Reports

जातीय छुवाछुत गरेको कसुरमा तीन हजार जरिबाना र तीस हजार क्षतिपूर्तिको फैसला

2016-07-13

Madhes, Siraha, Dhangadhimai, Ward 6

 जातीय छुवाछुत गरेको कसुरमा जिल्ला अदालत सिरहाले धनगढी गाविस-३ का ३२ वर्षीय जयकुमार महतो, सोही ठाउँका ३० वर्षीय पवनकुमार महतो, २५ वर्षीय रञ्जित महतो, २८ वर्षीया सुनिता महतो, ५५ वर्षीय जलेश्वर महतो र ४० वर्षीय रामनारायण महतोलाई जनही तीन हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले असार २९ गते सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले बताए । फैसलामा तीस हजार रुपियाँ पीडितलाई उपलब्ध गराउन समेत भनिएको छ । धनगढी गाविस-३ की ५५ वर्षीया प्रमिला मल्लिकलाई ०७२ साउन २० गते आरोपीतहरूले इनार छोएर अशुद्ध पारी पानी पिउन नदिएको भन्दै कुटपिट गरेका थिए । सो आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा असोज १३ गते उजुरी दिएकी थिइन् । पीडितका अनुसार २००७ सालदेखि नै बसोबास गर्दै आएकोमा हालसम्म पनि सार्वजनिक इनारबाट पानी भरेर खान नदिएको, पानी चाहिएमा गैरदलितहरूलाई हारगुहार गर्नुपर्ने, बाँसका सामाग्रीहरू दिएमात्र उनीहरूले पिउने पानी दिने गरेका थिए । सरकारी अधिकारीको पहलमा पीडित पक्षले इनारको पानी प्रयोग गरेपछि आरोपित पक्षले गालीबेइज्जत र कुटपिट गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments