Incident Reports

विवाहमा गोली चल्यो

2016-07-14

Bagmati, Lalitpur, Godawari

ललितपुरको देवीचौर -७ स्थित घोडा कुद्ने डाँडामा वैवाहिक कार्यक्रमको नाचगान गर्ने क्रममा विवाद भएर झगडा हुँदा गोली चलेको छ। गोली र तरबारको प्रहारबाट प्रवेश तामाङ, सोनाम तामाङ र सूर्य तामाङ घाइते भएका छन्। बिहीबार राती देवीचौर बस्ने मनिक थिङ, राजकुमार थिङ, बिशाल थिङ र अमित थिङ लगायतका ब्यक्तिहरुले धारिलो हतियार तरवार प्रहार गर्नुको साथै भरुवा बन्दुकबाट गोली समेत प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते भएका तामाङ त्रयलाई उपचारको लागि पाटन अस्पताल लगिएकोमा खुट्टामा भरुवा बन्दुकको छर्रा लागेर गम्भीर घाइते प्रवेश तामाङलाई थप उपचारको लागि शिक्षण अस्पतालमा लगिएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले दिए। सोनाम र सुर्य उपचार पश्चात घर फिर्ता भएका छन्। प्रहरी वृत्त चापागाउँ र प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको १ थान भरुवा बन्दुक, १ थान तरवारसहित १५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Sharp weapon , Homemade/traditional firearms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
National/Online Media

0 Comments