Incident Reports

बलात्कार घटनाको उजुरी लिन प्रहरीले अस्वीकार गरेको पीडितको गुनासो

2016-06-06

Province 1, Khotang, Rupakot Majhuwagadhi

२० वर्षीया महिलाले आफूलाई दिक्तेल नपा-१३ का २० वर्षीय पवन राईले गत जेठ २४ गतेदेखि बन्धक बनाएर बलात्कार गरेको आरोपमा उजुरी गर्न प्रहरीकोमा पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको गुनासो गरेकी छन् । जेठ-२४ गते साँझ पीडितको मोबाईलसमेत नियन्त्रणमा लिएर बलात्कार गरेको र रातारात अर्खौले हुँदै हलेसी र हलेसी हुँदै जयरामघाटसम्म पैदल हिँडाएर काठमाडौँ पुर्‍याइएको र सो अवधिमा आरोपितले पटकपटक बलात्कार गरेको र सो बारेमा प्रहरीमा उजुरी गर्दा उजुरी लिन नमानेको गुनासो गरेकी हुन् । आरोपितविरुद्ध असार-२७ गतेदेखि नै मुद्दा दर्ता गर्न प्रयास गरेपनि खोजे पनि जिल्ला प्रहरी कार्यालका अधिकारीले आलटाल गरिरहेको महिला अधिकारकर्मीहरूले बताएका छन् । बलात्कार घटनामा आरोपित पवनका बावु प्रकाश राईले सघाएकाले उनीविरुद्धसमेत बलात्कार र शरीर बन्धक मुद्दा दर्ता गर्न खोजिएकोमा प्रहरीले प्रकाशको नाम हटाएर मात्र दर्ता गर्न भनेको पीडितले बताएकी छन् । प्रकाशले आफ्नो काखको बच्चा खोसेर लगेपछि पवनले बलात्कार गरेर हिँडाएको पीडित महिलाले बताएकी छन् । असार ३१ गते मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय खोटाङ पुगेका पीडित पक्षलाई निमित्त प्रमुखसमेत रहेका इन्स्पेक्टर राजकुमार कार्कीले शरीर बन्धक शब्द कटाएर जरबरजस्ती करणी मुद्दा चलाउन मिल्ने बताएको पीडितले जानकारी दिएकी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments