Incident Reports

सुर्खेतमा विप्लव माओवादीका इन्चार्जसहित ९ जना कार्यकर्ता पक्राउ

2016-07-17

Karnali, Surkhet, Birendranagar

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीका सुर्खेत इन्चार्जसहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चन्द माओवादीले गरेको दुई घण्टे देशव्यापी चक्काजामको क्रममा वीरेन्द्रनगरको मंगलगढीचोकबाट उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीले माओवादीका सेक्रेटरी प्रकाश ओली, विद्यार्थीका केन्द्रीय सदस्य धनबहादुर नेपाली, कमलसिं बुढा, धुव्र बोगटी, सिद्ध खड्का, टेकबहादुर परियार, लालबहादुर बुढा, लगायतलाई प्रक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबै नेता कार्यकर्तालाई अहिले नगर प्रहरी कार्यालयमा राखिएको छ । सर्लाही जिल्लाको सागरनाथ गाविसमा रहेका सुकुम्बासीमाथि प्रहरीले दमन गरेको भन्दै त्यसको बिरोधमा विप्लव माओवादीले आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म देशव्यापी चक्काजाम गरेको माओवादीका इन्चार्ज बालाराम सुनारले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 9
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments