Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-06-18

Madhes, Saptari, Chhinnamasta

२५ वर्षीय एक महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा फरार रहेका सप्तरी औराही गाविस-२ का ३७ वर्षीय उमेशप्रसाद साहलाई प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ । साहले जेठ ५ गते ती महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जेठ १२ गते पीडित महिलाले उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले १२ गते नै साहविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता गरेको भएपनि गिरफ्तार गर्न भने आनाकानी गरेको पीडित पक्षको आरोप थियो । इलाम माइमझुवा स्वास्थ्य चौकी इञ्चार्जका रुपमा कार्यरत अहेव साह प्रहरीकै सामु पर्दा पनि जिल्ला प्रहरी कार्यालयले गिरफ्तार नगरेको पीडित पक्षले आरोप लगाउँदै आएका थिए । प्रहरीले त्यतिबेला जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत पत्र लेखेर साह कतै सम्पर्कमा आए अनुसन्धानमा सहयोग गरिदिन आग्रह गरेको थियो । तर, साहले गत असार ३० मा जिल्ला जनस्वास्थ्य कार्यालयमै आएर आफूलाई पुनः काममा फर्काइदिन आग्रह गर्दै कार्यालय प्रमुखसमक्ष निवेदन दिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राजकुमार पोख्रेलले जानकारी दिए । आफू असार २६ मै काठमाडौँ गएकाले साहको निवेदनमाथि कुनै कारबाही नचलेको जनस्वास्थ्य प्रमुख पोख्रेलले बताए । '३० गते कार्यालयमै आएर साहले काममा फर्काइदिन आग्रहसहित निवेदन पेश गरेको जानकारी पाएँ । तर, म जिल्ला बाहिर भएकाले निवेदनमाथि केही कारबाही हुन सकेको छैन ।'-उनले भने-'पुनरावेदन अदालतले आफूलाई गिरफ्तार नगर्न अन्तरिम आदेश दिएको भन्दै जागिरमा फर्काउन निवेदन दिएका छन् भन्ने बुझेको छु ।' जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले आरोपित साहलाई असार २ गते गिरफ्तार गरी आवश्यक अनुसन्धान सुरु गरेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments