Incident Reports

क्रिश्चियन धर्म प्रचार गर्ने बालगृह सञ्चालक पक्राउ

2016-07-20

Bagmati, Chitawan, Bharatpur

चितवनमा विना दर्ता सञ्चालन भएको र क्रिश्चियन धर्म प्रचार गरेको भन्दै एक बालगृहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर उपमहानगरपालिका वडानम्बर १० ढुंगानाचोकबाट पिस नेपाल नामको बालगृह सञ्चालन गरिरहेका सञ्चालक प्रतिक सुनारलाई चितवन प्रहरीले पक्राउ गरेको हो । पटक-पटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिइएको निर्देशन अटेर गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । ‘हामीले पटक-पटक अनुगमन गरेका थियौ, चितवनका प्रहरी उपरिक्षक बसन्त कुँवरले भने, ‘विगत दुई बर्षदेखि सञ्चालनमा रहे पनि दर्ता नभएको र जबरजस्ती बाइबलको किताब बालबालिकालाई दिइएको पुष्टि भएपछि पक्राउ गरेका हौं ।’ पिस नेपाल बालगृहमा कक्षा १ देखि ३ कक्षासम्म पढ्ने ८ जना बालबालिका छन् । मंगलबार दिउँसो ४ बजे पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि थप अनुसन्धान समेत भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई मुलुकी ऐनको अदल महल अन्तरगत मुद्दा चलाउने तयारी समेत भएको प्रहरी उपरीक्षक कुँवरले बताए । चितवनका खुलेका अधिकांश बालगृहमा क्रिश्चियन धर्मको प्रचार हुने गरेको समाचार यसअघि अनलाइनखबरमा प्रकाशित भएको थियो । 

0 Comments