Incident Reports

११ वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

2016-07-17

Karnali, Rukum West, Sani Bheri

रुकुम गराइला–३ का ४० वर्षका नरबहादुर दमाइलाई ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुमले पक्राउ गरेको छ । साउन २ गते राति घरमा सुतेकी बालिकालाई बलात्कार गरेको भन्ने मौखिक उजुरीको आधारमा पक्राउ गरेको डिएसपी रुपेश खड्काले जानकारी दिनुभयो । जानकारी पाउने बित्तिकै दमाइलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको डिएसपी खड्काले बताउनुभयो । प्रहरीका अनुसार साउन ५ गते बेलुका पीडित प्रहरीको सम्पर्कमा आएपछि दमाइलाई तत्कालै पक्राउ गरिएको हो । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रुकुममा उजुरी दर्ता गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments