Incident Reports

वोक्सी र भुत भगाउने भन्दै महिलालाई दिसा खुवाइयो

2016-06-01

Karnali, Salyan, Sharada

सल्यान कुपिण्डे–४ ज्यामिरेमा एक महिलालाई बोक्सी र भुत भगाउने भन्दै दिसा खुवाइएको छ । कुपिण्डे गाउँ विकास समिति वडा–५ अधेरीकी २० वर्षिया सेती परियारलाई पावल डल्लु सुनारले सिस्नोपानीले मरणासन्नहुने गरी यातना दिई दिसा खुवाएका हुन् । पेट दुखेको छ भन्दै चर्चमा पुग्नु भएकी परियारलाई पावल सुनारले बोक्सी र भुत लागेको र बोक्सी र भुत भगाउन सिस्नोले हार्नु पर्छ भन्दै यातना दिएको र अन्तिममा दिसा खुवाएको स्थानीय विष्णु नेपालीले जानकारी दिनुभयो । आफूसँग उक्त घटनाको मोवाइलमा रेकर्ड समेत रहेको बताउनुभयो । गत जेठ २३ गते उक्त घटना भएको भएपनि पीडित परियारको अवस्था नाजुक बन्दै गएपछि बुधबार घटना सार्वजनिक भएको हो । शारिरिक यातना र दिसा खुवाएपछि पीडित परियारको मानसिक सन्तुलन विग्रिएको बुवा शितल परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो छोरी पेट दुख्यो भनेर चर्चमा गइछ, पावलले तलाई भुत लागेको छ भनेर सिस्नो पानी र दिसा खुवाए छ त्यसपछि छोरी अर्ध वेहोस भएकी छ , मानसिक सन्तुलन पनि ठिक छैन् । चर्चमा सहभागिहरूले परियारलाई यातना नदिन आग्रह गरेपनि पावलले धम्की दिएको र घटना सार्वजनिक गरे परियारलाई झै यातना दिने धम्की दिएको पीडितका ससुरा बिजुली परियारले बताउनुभयो ।

update -------- सल्यानमा बोक्सी भगाउने भन्दै महिलामाथि अमानवीय यातना बोक्सी भगाउने भन्दै कुपिण्डे ४ ज्यामिरेमा एक महिलालाई सिस्नुपानीले हानेर दिसा खुवाईएको छ । अधेरी घर भएकी २० बर्षकी केबली दमाई (उपनाम) ले पेट दुख्यो भनेर चर्चमा उफ्रेपछि त्यहाँबाट निस्केर घर जादै गर्दा बाटोमा भूत बोक्सी लागेको भन्दै चर्चबाट र्फकेका स्थानीयको समूहले उनलाईर् सिस्नु पानीले हानेर दिसा खुवाएका हुन् । स्थानीयको समूहले सिस्नोपानीले मरणासन्न हुने गरी यातना दिई दिसा खुवाएपछि उनी अझ बिरामी परेको स्थानीय विष्णु नेपालीले बताए । दिसा खुवाए र सिस्नो पानी लगाए बोक्सी लागेको ठिक हुन्छ भन्ने अन्धविश्वासले उनीहरुले त्यसो गरेको उनले सुनाए । सिस्नो पानी लगाउनुका साथै दिसा खुवाएकी महिलाको अबस्थामा सुधार आएको छैन् । उनको अबस्था दिन प्रति दिन बिग्रदै गएकको उनका श्रीमानले बताए । जेठ २३ गतेको घटना भएपनि श्रीमतीको अबस्थामा सुधार नआएपछि उनले बुधबार सार्बजनिक गरेको जनाए । 'श्रीमती चैत्र २० गते देखि बिरामी परेकी थिईन', उनले भने 'ठिक हुन्छ भनेर चर्चका पावल डल्लु सुनारले धर्म परिवर्तन गर्न लगाएका थिए , ठिक हुने आशामा श्रीमती सधै चर्चमा जाने गर्थिन ।' बिरामी परेकी उनको मानसिक अबस्था ठिक नभएकाले प्रहरीमा उजुरी दिएको बताए । पीडितका श्रीमानले उजुरी दिएपछि अनुसन्धानका लागि ज्यामिरे पुगेको प्रहरी टोलीले ज्यामिरेका रुपलाल दमाई(१९), निजकी श्रीमती गंगा दमाई(१९), अधेरीका ललित पून(१९) ,ज्यामिरेकै रुपा थापा र पिमकली बुढाथोकी गरि पाँच जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले बताए । पक्राउमा परेकाबाट बयान लिएको र उनीहरुको स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल पुर्याएको उनले जनाए । चैत्र २० गते देखि बिरामी परेकी महिलालाई उपचार गर्न स्वास्थ्यसंस्था लैजाने सल्लाह दिन छाडी रोग ठिक हुन्छ भन्ने अन्धविश्वासमा पारेर धर्म परिवर्तन गर्न लगाउने कार्य गलत भएको समेत उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments