Incident Reports

Nagarik : Government official caught red-handed receiving bribe

2016-07-21

Lumbini, Dang, Lamahi

The Regional Office of the Commission for the Investigation of Abuse of Authority (CIAA) today caught a government official red-handed taking a bribe of around Rs 160,000 in Dang. Ram Dulari Sharan Bhagat, engineer at the field office of the Department of Water Induced Disaster Prevention was arrested from his rented apartment at Lamahi Municipality-11 on the same charge. Bhagat is said to have taken the bribe for helping allocate budget to build embankments in Bhalukhola at Gobardiha VDC-8 in the district, illegally. Information officer of the CIAA Regional office Chudamani Parajuli said that investigations would be initiated against Bhagat. अख्तियारको टोलीले दाङमा एक इन्जिनियरलाई घुस लिँला लिँदै गरेको छ। लमहीस्थित जलउत्पन्न नियन्त्रण कार्यालयका इन्जिनियर रामदुलारी यादवलाई अख्तियारको कोहलपुरस्थित कार्यालयबाट खटिएको टोलीले एकलाख ५७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टोलीले उनको कोठाबाटै घुससहित सहित नियन्त्रणमा लिएको हो। ‘एकलाख ५७ हजार रुपैयाँ घुससहित समात्यौँ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका एसपी दीपक थापाले भने, ‘कोठामै रकम बुझेको अवस्थामा समातेका हौँ।’ अख्तियारका अनुसार इन्जिनियर यादवले एउटा ठेक्काको रकमबाट १५ प्रतिशत रकम घुस मागेका थिए। बिहीबार उनले सोही रकम बुझ्दै थिए। गोवरडिहा ८ स्थित खहरे खोलामा ग्याविन तारजालीको योजनाका लागि आएको १७ लाख ९३ हजार ६ सय रुपैयाँ मध्य १५ प्रतिसत रकम आँफूलाई हुनु पर्ने अन्यथा योजना पास नगर्ने निर्माण व्यवसायिलाई धम्की दिएका थिए। ‘योजनाको रकमको १५ प्रतिशत रकम घुस मागेको र नदिएपछि योजना पास नगर्ने धम्की आएको भन्ने उजुरी आयोगमा परेको थियो,’ एसपी थापाले भने, ‘सोही उजुरीका आधारमा हामीहरुले गरेको अनुगमनका क्रममा बिहीबार रंगेहात समातेका हौँ।’ अख्तियारको नियन्त्रणमा रहेका यादवमाथि अनुसन्धान प्रकृया सुरु गरिएको थापाले वबाए। यसअघि पनि अघिल्लो आर्थिक बर्षमा आर्थिक अनियमितता गरेको भन्दै सोही कार्यालयका प्रमुख बेदानन्द उपाध्यायलाई विप्लव माओपादीका कार्यकर्ताहरुले कालोमोसो दलेका थिए ।

0 Comments