Incident Reports

समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की

2016-07-21

Karnali, Kalikot, Raskot, Ward 6

स्युना गाविस-८ निवासी रेडियो कर्णाली र पाइला सप्ताहिकमा कार्यरत पत्रकार ३४ वर्षीय रत्न कार्कीलाई साउन ५ गते ओदानकु गाविस-६ निवासी अनेरास्ववियू (क्रा.) का केन्द्रीय सदस्य ३२ वर्षीय खेमबहादुर सिंहले पार्टीको हित विपरित समाचार लेखेको आरोपमा मार्ने धम्की दिएको पीडितले आरोप लगाए । कालिकोटबाट प्रकाशित हुने कर्णाली पाइलाको रैवार स्तम्भमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम दुरूपयोग गरेको समाचार साउन २ गते प्रकाशन गरेको भन्दै कार्कीले साउन ५ गते मान्मामा आयोजित पत्रकार सम्मेलनमा धम्की दिएको पीडितले आरोप लगाएका हुन् । अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य सिंह कालिकोटबाट प्रत्यक्ष निर्वाचित माओवादी सांसद महेन्द्र शाहीका सहयोगी पनि हुन् । घटनाको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालिकोटका उपाध्यक्ष पवित्रकुमार शाहीले साउन ७ गते प्रेस विज्ञप्ति प्रकाशन गरी निन्दा र भर्त्सना गरेका छन् । अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य सिंहले भने पत्रकारलाई धम्की नदिएको प्रतिकृया दिएका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments