Incident Reports

बुहारी हत्या आरोपमा सासु पक्राउ

2016-07-22

Lumbini, Banke, Kohalpur, Ward 11

बुहारी हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले चिसापानी १ की रामदेवी सार्कीलाई नियन्त्रणमा लिएको छ। बुहारी सिता सार्की (२२) लाई हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। बुहारी सीतालाई झुण्डाएर हत्या गरेको भन्दै माइती पक्षले जाहेरी दिएपछि कोहलपुर प्रहरीले सासु रामदेवीलाई नियन्त्रणमा लिएको हो। साउन ६ राती हत्या गरेर घर नजिकको गोठमा झुण्डाएको अवस्थामा सीताको शव फेला परेको थियो । साउन ७ गते बिहान शव झुण्डिएको अवस्थामा गोठमा फेला परेपनि घटना रहस्यमय बन्दै गएको थियो। शवको पोष्टमार्टम रिपोर्टपछि सत्यतथ्य पत्ता लाग्ने कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । सासु रामदेवी विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिएको उनले भने । मृतक सीताका श्रीमान वैदेशिक रोजगारमा मलेसियामा छन
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments