Incident Reports

औषधि बोकेको ट्रकमा आगजनी

2016-07-25

Bagmati, Chitawan, Ratnanagar

चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ। बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ। चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडौं औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो। आगजनी गर्ने समूहको पहिचान नभए पनि आज विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला फैलाएकाले उनीहरुले नै जलाएको अनुमान प्रहरीले गरेको छ। घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। समयमै प्रहरी पुगेकाले धेरै क्षति हुन पाएन। यसैबीच बन्दको हल्लासँगै आज जिल्लामा प्रहरीले बिहानैदेखि स्कटिङमा यातायात सञ्चालन गरेको छ। चितवन आउने र चितवनबाट जाने सवारीलाई बिहानैदेखि स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports