Incident Reports

ट्रकमा आगजनी र तोडफोड

2016-07-25

Gandaki, Tanahun, Bandipur

 नचिनेका मानिसको समूहले सोमबार बिहान तनहुँमा ट्रकमा आगजनी गरेको छ । मुग्लिनबाट पोखराका लागि छुटेको सिमेन्ट बोकेको ना ४ ख ३९१ नम्बरको ट्रकमा नचिनेका मानिसको समूहले पेट्रोल छर्की आगजनी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुरेन्द्रबहादुर गुरुङ्गले बताउनुभयो । आगजनीबाट ट्रकको अघिल्लो भाग पूर्ण रुपमा जलेको छ । त्यसैगरी त्यही समूहले चोक्कर बोकेको ना ५ ख ४१३ नम्बरको ट्रकमा तोडफोड गरेको छ । तोडफोडबाट ट्रकको अगाडीको शिशा फुटेको प्रहरीले जनाएको छ । उनीहरुले पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर–५, याम्पामा आगजनी र तोडफोड गरेका हुन् । घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । घटनामा संलग्नको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक गुरुङ्गले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 1
National/Online Media

0 Comments