Incident Reports

बोक्सी भन्दै बृद्धामाथि कुटपिट, आरोपीलाई प्रहरीले छाड्यो

2016-07-24

Madhes, Siraha, Kalyanpur

कल्याणपुर जब्दी ७ मा एक बृद्धालाई बोक्सी आरोपमा कुटपिट गरिएको छ । स्थानीय ७० वर्षीया मोहनीदेवी यादवलाई उनका छिमेकीले आइतवार साँझ कुटपिट गरेका हुन् । मोहनीदेवीसँगै उनका बुहारी ३० वर्षीया किरणदेवी यादव, उनका नातिनी १४ वर्षीया आरती यादव र १८ वर्षीया नाती प्रविण यादवलाई समेत कुटपिट गरेका छन् । उनीहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । कुटपिटले उनीहरुको शरीरभर निलडाम छ । स्थानीय पबन यादव, उनका छोरा सरोज यादव, काले यादव र लाले यादवले कुटपिट गरेको पीडित परिवारले बतायो । पवन यादव स्थानीय विद्यालयका शिक्षक हुन । पीडित किरणदेवीले सरोजकी पत्नी बिरामी भएपछि आफ्नी सासुलाई बोक्सी भन्दै मलमुत्र खवाउने समेत प्रयास गरेको गुनासो पोखिन । प्रहरीले शिक्षक पबन र उनका छोरा लाले र कालेलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय मिर्चैयामा पठाएको थियो । पक्राउ परेकाहरुलाई कारबाहीको दायरामा ल्याउनुको साटो इलाका प्रहरी कार्यालय मिर्चैयाले छलफलमा बस्ने भन्दै छोडिदिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 4
Female Injured 3
Youth Injured 2
National/Online Media

0 Comments