Incident Reports

राती शौच गर्न निस्किएकी बालिका बलात्कृत

2016-07-26

Madhes, Parsa, Birgunj

शौच गर्न घर बाहिर निस्किएका बेला वीरगन्जको रामटोलमा एक बालिका बलात्कृत भएकी छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ रामटोलका १८ बर्षीय मुन्ना भन्ने हमिद राज आलमले आफ्नै छिमेककी १२ बर्षीया बालिका बलात्कार गरेका हुन् । आइतबार बिहान ४ बज शौच गर्न घर बाहिर निस्किएका बेला बालिकालाई आलमले जबरजस्ती नियन्त्रणमा लिएर टोलमै रहेको हनुमान मन्दिर सार्वजनिक धर्मशालामा जबरजस्ती करणी गरेको आरोप छ । आरोपित आलमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । आलमले जबरजस्ती गरेपछि बालिकाले होहल्लाा गर्दै गुहारेपछि स्थानीयले आलमलाइ नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएको प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताए । पीडित बालिका र आरोपित आलमको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । पक्राउ परेका आलमलाई जिल्ल प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments