Incident Reports

तीन किशोर मिलेर आठ वर्षे बालकको अपहरण

2016-07-22

Madhes, Saptari, Bode Barsain

उमेर २० बर्ष पूरा भएको छैन । तर, गम्भीर अपराधमा संलग्ने भएको अभियोगमा तीन जना किशोर पक्राउ परेका छन् । जिल्लाको रौतहट गाविस २ का दिलिप कुमार दास, जितेन्द्र कुमार दास र अरबिन्द दास बालक अपहरणको आरोपमा पक्राउ परेका हुन् । तीनै जनाको उमेर २० बर्ष पूरा समेत भएको छैन । दिलिपको उमेर १८ बर्ष, जितेन्द्रको उमेर १६ बर्ष र अरबिन्दको उमेर १५ बर्ष रहेको छ । तीनै जना मिलेर गाउँकै आफन्त पर्ने गंगाई दासका ८ बर्षीय छोरा सिकेन्द्र दासलाई गत साउन ६ गते अपहरण गरेका थिए । घर नजिकैको चौरमा खेल्दै गरेका सिकेन्द्रलाई तीन जना मिलेर मोटरसाइकलमा बसाई भारतको जटहीमा लगेर राखेका थिए । बालक अपहरण पश्चात उनीहरुले अरबिन्दको मोवाइलबाट बालकका काका झाबर दासलाई साउन ७ गते फोन गरी १५ लाख फिरौति माग गरेका थिए । अपहरणमा संलग्न जितेन्द्र अपहरित बालकका काकाका छोरा हुन् । बालक अपहरण भएको सूचना प्राप्त हुनासाथ सादा पोशाकमा खटिएको प्रहरीले लोकेसन ट्रेस गरी उनीहरुलाई नियन्त्रणमा लिई बालकको उद्वार गरेको प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिए । बालकको अपहरण गर्न स४प ३९३३ नम्बरको मोटरसाइकल प्रयोग भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चौरमा खेलिरहेका बालकलाई जितेन्द्रले उनलाई ललाई फकाई कोदरकटी बजारसम्म लिएर गाएका थिए । त्यहाँ अरबिन्द दास र दिलिप दास मोटरसाइकल लिएर बसेका थिए । दिलिपले चलौको मोटरसाइकलको बीचमा बच्चालाई राखेर अरबिन्द दास पछाडि बसेर बालकलाई भारतको लौकहा हुँदै जटहीमा लगेर राखेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments